Friday, November 27, 2015

राजधानीमा घर र करोडौंको सम्पत्ति भएकालाई आर्थिक सहायता

काठमाडौं,मंसिर १२ । सरकारले दुई वर्षमा विभिन्न पहुँचवाला व्यक्ति र संस्थालाई २ अर्ब ८४ करोड ७० लाख ७३ हजार रुपैयाँभन्दा बढी आर्थिक सहायता बाँडेको छ । संसदको अर्थ समितिको शुक्रबार बसेको बैठकले निर्देशिका, कार्यविधि र मापदण्डबिनै सरकारी ढुकुटीबाट त्यति ठूलो रकम बाँडी सरकारले अनियमितता गरेको भन्दै उपसमिति बनाएर छानबिन गर्ने निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रेमकुमार राईले केही पहुँचवाला र सम्पन्न व्यक्ति तथा कतिपय एकै व्यक्तिले पटक–पटक आर्थिक सहायता लिने गरेको समितिलाई जानकारी दिए ।
‘राजधानीमा घर र करोडौंको सम्पत्ति भएकाले समेत आर्थिक सहायता लिन्छन्, केही संघसंस्थाले वार्षिकोत्सव तथा महोत्सवका नाममा समेत आर्थिक सहायता लिने गरेका छन्,’ उनले भने । राईले राष्ट्रिय ढुकुटीमाथिको यस्तो खेलबाड बन्द गर्नुपर्ने सुझाव पनि समितिलाई दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts