एजेन्सी,मंसिर १२ । पाकिस्तानविरद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटको श्रृंखला इंग्ल्याण्ड जितेको छ । शुक्रबार राति सकिएको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा तीन रनको जितपछि श्रृँखला इंग्ल्याण्डले २-० ले आफ्नो पक्षमा पारेको छ । युएईको दुबईमा इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान एक सय ६९ रनमा अलआउट भयो ।
पाकिस्तानका लागि अहमद शहेजादले २८, शोएब मलिहकले २६, महोम्मद हाफिजले २५, कप्तान शहिद अफ्रिदीले २४, राफतुल्लाह मोहम्मदले २३ तथा सर्फराज अहमदले १९ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डका लिएम प्लंकटले तीन तथा क्रिस वोक्स र अदिल रसिदले समान दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ रन बनायो । इंग्ल्याण्डका जेम्स विन्सले ३८, कप्तान जोस बटलरले ३३ तथा जेसन रोयले २९ रन बनाए । पाकिस्तानका शहिद अफ्रिदीले तीन तथा अनवर अलीले दुई विकेट लिए । बिहीबार भएको पहिलो ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्ड १४ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी सोमबार हुनेछ ।
No comments:
Post a Comment