Saturday, November 28, 2015

जोगबनी नाकाबाट अहिलेसम्मकै ठूलो परिमाणमा ग्यास भित्रियो

बजारमा ग्यासको चरम अभाव भइरहेका बेला जोगबनी नाकाबाट ठूलो परिमाणमा ग्यास भित्रिएको छ। भन्सार कार्यालयका अनुसार शुक्रबार साँझ २३ वटा ग्यास बुलेट जोगबनी नाकाबाट नेपाल भित्रिएका छन्।
अघोषित नाकाबन्दीपछि जोगबनी नाकाबाट भित्रिएको यो ग्यास अहिलेसम्मकै ठूलो परिमाणमा हो। यसअघि १७/१८ वटासम्म ग्यास बुलेट यहाँबाट भित्रिएका थिए।
‘पहिलेको तुलनामा धेरै उच्च परिमाणमा भित्रिएको हो,’ भन्सार प्रमुख कृष्ण बस्नेतले सेतोपाटीसँग भने, ‘अन्य केही गाडीहरू पनि लाइनमा छन्।’ यसैगरी, शुक्रबारै १४ वटा पेट्रोल र ३३ वटा डिलेजका ट्याङ्कर पनि भित्रिएका छन्। भन्सारका अनुसार अन्य मालबाहक गाडी आवतजावत सहज छ।
भन्सारका अनुसार ग्यास तेल आपूर्ति जोगबनी नाकाबाट धेरै सहज हुन थालेको छ। सिमामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध आन्दोलनकारीको अबरोध हटेसँगै नाका सहज भएको महसुस गरिएको छ।
शुक्रबार आएको ग्यास तेल राति नै क्षेत्रीय आयल निगम डिपो पठाइएको छ। राजधानीमा बढी पठाइने भएकाले यहाँका उपभोक्ताले भने ग्यास तेलका लागि संघर्षै गर्नुपर्ने अवस्था रहेको अधिकारीहरू बताउँछन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts