पप्पु गुरुङ्ग- दोधारा चाँदनी,मंसिर १२ । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैगिंक हिंसा न्युनिकरणका लागि छात्रा फुटवल प्रतियोगिता दोधारा चाँदनीमा आजबाट सुरु भएको छ । सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजनाको सहयोगमा युनिक सनराई उच्च मावि, सामुदायिक सुरक्षा समिति दोधारा चाँदनी र युवा अभियानको संयुक्त अयोजनामा छात्रा फुटवल प्रतियोगिताको आयोजना गरिएको हो ।
युनिक सनराईज बिद्यलायका ब्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर खत्रीको सभापतित्वमा तथा सशस्त्र प्रहरी सिमा सुरक्षा बल मझगाँउका सशसत्र प्रहरी उपरिक्षक तारादत्त पन्तको प्रमुख आथित्वमा सम्पन्न भएको कार्यक्रममा महिला अधिकारकर्मी भगवती थापा, जिल्ला फुटवल संघ जिल्ला अध्यक्ष भीमबहादुर थापा, एभिआएससिएस परियोेजनाका परियोजना अधिकृत धनबहादुर थारु लगायत बिभिन्न राजनैतिक दल, स्थानिय संघ संस्थाका पदाधिकारीहरुको सयुक्त उपस्थितिमा फुटवल प्रतियोगिता सुरु भएको हो ।
मंसिर १८ गते सम्म सञ्चालन हुने छात्रा फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका ८ वटा बिद्यालयको सहभागिता रहको छ । कार्यक्रममा सहभागिता जनाउने ८ ओटा बिद्यालय मध्ये ४ ओटा बिद्यालयमा सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजना अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रम सञ्चालन गरिएका बिद्यालय रहेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालन भएको सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजनाको सहयोगमा स्थानिय स्तरमा गठित सामुदायिक सुरक्षा समितिको आयोजनामा महिला हिंसा न्युनिकरण, सामाजिक सदभाव अभिबृद्धि, सामुदायिक सुरक्षा सचेतना अभिबृद्धि, लगायत लागुऔषध दुब्र्यशनी तथा अवैध मदिराको रोकथामका लागि स्थानिय जनसमुदायलाई सचेत र जागरुक बनाउदै सामुदायिक सुरक्षा अभिबृद्धि गर्दै जनता र प्रहरी को सम्वन्ध सुधारका कार्य गर्दै आईरहेको छ ।
दोधारा चाँदनीमा पहिलो पटक आयोजना गरिएको छात्रा फुटवल प्रतियोगिताले यस क्षेत्रका महिलाहरु उत्साहित भएका छन । पहिलो दिन भएको उदघाटन समारोहमा ओमपुष्पाञ्ली ईगंलिस स्कुल र आयोजक टिम युनिक सनराईज उच्च मावि को छात्राटिम बिच सदभाव खेल खेलिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहजकर्ता विरबहादुर नेपाली ले गर्नुभएको थियो , भने कार्यक्रम संचालन शारदा सरस्वती उमाविका शिक्षक सर्वजीत बुढाले गर्नुभयो । कार्यक्रममा सयौ खेलप्रेमीको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment