काठमाडौं,मंसिर १२ । आइतबारको नेपाल बन्द सफल पार्न शनिबार साँझ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले राजधानीका विभिन्न आठ स्थानमा कोणसभा गरेको छ । माओवादीले गलाहिटी, गोगबु, चाबहिल, कोटेश्वर लगायत राजधानीका आठ स्थानमा कोणसभा गरेको हो ।
भारतीय नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला विप्लव नेतृत्वको माओवादीले नाकाबन्दीकै विरोधमा बन्दको आह्वान गरेको हो । बन्दको आलोचना भइराखेको भए पनि माओवादीले बन्द सफल पारेरै छोड्ने बताएको छ ।
नेपालमाथि भारतले गरेको हस्तक्षेप, नाकाबन्दी र नेपालको कष्टपूर्ण जनजीवनबारे सरकार र प्रमुख राजनीतिक दललाई जानकारी गराउन बन्द आह्वान गरिएको विप्लव माओवादीले जनाएको छ ।
बन्द गर्नुको कारण खुलासा गर्दै माओवादीले भनेको छ, ‘राजनीतिक दलहरुको भारतप्रतिको आत्मसर्मपण विरुद्ध राष्ट्रिय प्रतिशोधका लागि बन्द आह्वान गरिएको हो ।
No comments:
Post a Comment