Friday, November 27, 2015

चीनको विश्यव्यापी उर्जा सञ्जालमा नेपाल

काठमाडौं,मंसिर  १२ । छिमेकी चीनद्वारा प्रस्तावित विश्वव्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ । विश्वका विभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको पावर सिल्क रोड परियोजनाअन्तर्गत नेपाललाई छनोटमा पारेको हो ।

उक्त परियोजनामा चीनका अन्य छिमेकी मुलुक मंगोलिया, रुस, काजकस्तान, पाकिस्तान, म्यानमार, लाओस र थाइल्यान्ड पनि जोडिनेछन् । सन् २०५० भित्र उक्त विश्वव्यापी उर्जा सञ्जाल कार्यान्वयनमा पूर्ण रुपमा आउने बताइएको छ ।

चीनले अघि सारेको ग्रिड इन्टरकनेक्टिभिटी परियोजनतालाई नेपाललगायत छिमेकी मुलुकहरुसँगको सहकार्यमा तीव्रताका साथ अघि बढाइने चिनियाँ स्टेटद ग्रिडका लिउ चेन्याले चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वालाई बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts