Wednesday, November 25, 2015

नाकाबन्दीको समाचार दिएको भन्दै रेडियोमा बम प्रहार

नवलपरासी,मंसिर १० । नवलपरासी स्थित सामुदायीक रेडियो परासीमा पेट्रोल बम प्रहार भएको छ । राती १० बजे अज्ञात समुहको एक टोलीले रेडियोको स्टेशनमा गरेको पेट्रोल बम प्रहारपछि रेडियो परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ । बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बर मार्फत रेडियोमा धम्की पनि आएको थियो । आगलागीबाट मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । रेडियो परिसरमा दुईवटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

बम प्रहार गर्नु केहिदिन अघिसम्म मधेसी आफ्ना समाचार प्रसारण नगरेको भन्दै पटक पटक धम्की दिएकाले मार्चाका कायृकर्ताले बम प्रहार गरेको हुन सम्ने एफएम सञ्चालकले जनाएका छन् । बम प्रहारबाट क्षती पुगेको रेडियो अनिश्चितकालका लागि बन्द भएको छ । आक्रमणको नेपाल पत्रकार महासंघले भत्सना गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts