Wednesday, November 25, 2015

यसबर्षबाट एसएलसी दिने सबै पास !

काठमाडौं,मंसिर १० । यसबर्षको एसएलसी परिक्षामा विद्यार्थी फेल नहुने भएका छन् । सरकारुले यो बर्षदेखि एसएलसी परिक्षामा ग्रेडिङ प्रणाली लागु गर्ने भएपछि अनुत्तिर्ण निर्धारण गर्न मंगलबार बसेको बैठकले ग्रेडिङ निर्धारण गर्न तत्काल कार्यविधी बनाउने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले गत साल २०७१ को एसएलसी प्राविधिक विषयमा ग्रेडिङ प्रणाली लागु गरेको थियो । यो बर्षदेखि साधारणतर्फ ग्रेडिङ गर्ने विषयमा निर्णय हुने काम अन्तिम चरणमा रहेको परिक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए । ‘यो बर्षदेखि एसएलसी परिक्षाको परिक्षाफल ग्रेडिङ प्रणालीबाट हुने निश्चित भइसकेको छ । अब कार्यविधी बनाएर राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदमा लैजाने तयारी गरेका छौँ।’ उनले भने ।

उनले अबको परिक्षामा फेल शब्द नराखेर लब्धांकपत्रमा एभरेज वा बिलो एभरेज राख्ने तयारी भइरहेको जानकारी दिए । कार्यविधि निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलको संयोजकत्वमा समिती गठन गरिएको छ। ‘हामीले केही दिनमै कार्यविधि तयार गरी निर्णयार्थ पेश गर्ने योजना बनाएका छौँ’ उनले भने । परिक्षा नियन्त्रक द्धारेले ग्रेडिङ प्रणालीमा लैजाने विषयमा अन्तिम तयारी भइरहेको जानकारी दिए । परिक्षणका रुपमा प्राविधिक विषयमा ए प्लस, ए, बि, सी, डी, र ई गरी छ तहमा ग्रेडिङ गरिरहेको थियो । अब सो तहलाई नौ तहमा पुर्याउने योजना गरिएको छ। नेपाल समाचार पत्रमा खबर छ । -

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts