Wednesday, November 25, 2015

इन्धन वितरणमा नयाँ नियम,अत्यावश्कीय सवारी साधनलाई छुट्टै पम्प

काठमाडौं,मंसिर १० । नेपाल आयल निगमले अत्यावश्यकीय सेवाका सवारी साधनलाई इन्धन वितरण गर्न छुट्टै पेट्रोल पम्पको व्यवस्था गरेको छ । एउटै पम्पमा लाइनमा इन्धन लिदा समस्या भएको भन्दै निगमले अत्यावश्यक सेवाका सवारीका लागि छुट्टै पम्पको व्यवस्था गरेको हो ।

अत्यावश्यक सवारी साधनअन्तर्गत अस्पतालका गाडि, कुटनीतिक नियोगका गाडी, औषधीका गाडी, शव वहान लगायतका सवारी साधनका लागि पेट्रोल प्रदान गर्नेछ। त्यस्तै डिजेल भने सार्वजनिक सवारी साधनले पनि पाउनेछन्।

निजी सवारी साधनलाई वितरण गर्ने भनिएको पेट्रोल भने अनिश्चित बनेको छ। औषधि बाहक, एम्बुलेन्स, शववाहन र कुटनीतिक नियोगका सवारीलाई प्रहरी कल्याण कोष नक्सालले इन्धन वितरण गर्नेछ । यस्तै खाद्यान्न, दूध, पानी, फोहोरमैला बोक्ने सवारीसहित दमकल, प्रेस तथा छापाखानाका लागि तेल बाँड्न नेपाली सेनाको शक्तिदेवी पेट्रोलपम्प लगनखेललाई जिम्मा दिइएको नेपाल आयल निगमले जानकारी दिएको छ । भक्तपुर र काभ्रेलगायतका डेरी उद्योगका सवारीले गुह्येश्वरी फ्युल स्टेशन भक्तपुरमा इन्धन पाउने निगमले जनाएको छ । नेपाल आयल निगमले आज थानकोट डिपोबाट विभिन्न उपत्यका र आसपासका विभिन्न पम्पहरुमा ४२ हजार लिटर पेट्रोल र २ लाख ३४ हजार लिटर डिजेल वितरणका लागि पठाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts