रसुवा,मंसिर १० । भूकम्पपछि सहज वातावरण हुँदै गए पनि इन्धन लगायत समस्याले १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको निर्माणले निरन्तरता पाउन सकेको छैन। गत वैशाख १२ गतेको भूकम्पले बन्द रहेको सो आयोजनाको काम आवश्यक इन्धन र भूकम्पका कारण अघि बढेको छैन। उपकरण चीनबाट आयात गरी निर्माण तीव्र रुपमा अगाडि बढाउने कार्यमा सहज पारिदिन यहाँ कार्यरत प्राविधिकले व्यवस्थापिका–संसद्, विकास समितिका पदाधिकारीलाई आग्रह गरेका छन्।
यस्तै ५७ दशमलव १ मेगावाट क्षमताको साङ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण अगाडि बढ्न सकेको छैन । आयोजना प्रमुख गिरिराज अधिकारीका अनुसार इन्धन अभावका कारण उपकरण चलाउन नसक्दा दसैँपछि निर्माण स्थगन भएको छ। रसुवागढी र साङ्जेन दुवै आयोजनाको सुरुङ निर्माण करिब ३० प्रतिशत पूरा भइसकेको प्राविधिकले बताएका छन् । रासस
No comments:
Post a Comment