Sunday, November 8, 2015

किन हुन्छ गाडीमा यात्रा गर्दा बान्ता , कारण र समाधानका उपाय

यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो ।

त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा पनि मोसन सिकनेस हुनसक्छ । यी सबै अवस्थामा आँखाले गति अथवा चहलपहललाई देख्छ, तर हाम्रो शरीरले त्यसलाई अनुभूत गरेको हुँदैन । दिमाग र शरीरबीच तालमेल नहुँदा मोसन सिकनेस हुन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ । मोसन सिकनेस शरीरका इन्द्रियहरूको सन्तुलनसँग सम्बन्धित छ ।  जब कान, आँखा र शरीरले गति अथवा चहलपहलसम्बन्धी सूचनालाई  विरोधाभाषपूर्ण ढंगले हाम्रो दिमागमा प्रवाह गर्छ, तब मोसन सिकनेस हुन्छ ।

हाम्रो शरीर गतिमा छ भने भित्री कान ले थाहा पाउँछ तर, शरीरका अरु भागले त्यो थाहा नपाउँदा फरक फरक सूचना हाम्रो मस्तिष्कमा पुग्छ । उदाहरणका लागि, तपाईँ बसमा हुनुहुन्छ भने तपाईँको शरीर हल्लिरहेको हुन्छ । जसलाई तपाईँको भित्री कानले चाल पाउँछ । तर, तपाईँको आँखाले यो हलचल देख्दैन । यस्तो विरोधाभाषको सूचना मस्तिष्कमा पुग्दा मोसन सिकनेस हुन्छ । मोसन सिकनेस भयो भने के गर्ने त रु भइसकेपछि केही गर्नुभन्दा हुन नै नदिनु राम्रो १ किनभने एकचोटी यसका लक्षण देखापर्न थालेपछि रोक्न गाह्रो हुन्छ ।

सबैभन्दा राम्रो उपाय भनेको गाडी चढ्नुभन्दा एक घण्टाअगाडि वाकवाकी नलाग्ने औषधि खानु हुन्छ । यस्तो औषधि डाक्टरसँग सल्लाह नलिइकन खाए हुन्छ । मोसन सिकनेस कुनै रोग होइन । यो शारीरिक प्रतिक्रियामात्र हो । त्यसैले मोसन सिकनेसबाट डर मान्नुपर्दैन ।

-Purbelinews

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts