Sunday, November 8, 2015

भारतीय राजदूतले कांग्रेस नेतासँग भने, ‘दुई तीन दिनमै नाकाबन्दी खुल्छ’

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेट वार्तामा भारतीय राजदूत रन्जित रेले दुई तीन दिनभित्रमै आपूर्ति सहज हुने बताएका छन् ।
पौडेललाई भेट्न आइतबार अपरान्ह बोहरा  पुगेका रेले नाकामा भइरहेको अवरोध तथा आपूर्तिमा देखिएको असहज अवस्थाबारे समीक्षा भइरहेको र चाँडै नै नाकाबाट आपूर्ति सहज हुने बताएका हुन् ।
भेटपछि पौडेलले अन्नपूर्णसँग भने, ‘दुई तीन दिनभित्रै मै नाका पूर्ववत रुपमा खुल्ने र आपूर्ति सहज हुने कुरा राजदूतले राख्नु भएको छ।’ हामी त्यसमा विश्वस्त छौं ।
भेटमा पौडेलले तराई मधेसको आन्दोलन आन्तरिक समस्या भएकोले यसमा नेपालले आन्तरिक रुपमै समाधान खोज्ने र त्यसका लागि सकारात्मक प्रयास भइरहेको जानकारी दिदै यसमा भारतले धेरै चिन्ता लिइरहनुपर्ने अवस्था नरहेको बताएका थिए।
मधेस आन्दोलनलाई निहुँ बनाएर नेपाललाई अप्ठ्यारो पार्ने काम भइरहेको बताउँदै यसतर्फ गम्भीर हुन पौडेलले राजदूतलाई सुझाव दिएका थिए। राजदूतले नाकामा भइरहेको आन्दोलनका कारण आफूहरुले चाहेर पनि आपूर्ति सहज गराउन नसकेको बताउँदै यसबारेमा गम्भीरतापूर्वक समीक्षा हुने  बताएका थिए।

-annapurnapost

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts