Sunday, November 8, 2015

कांग्रेसको चुनौती : बालुवाटारबाट पैशा बाँडेको प्रमाण चाहियो

काठमाडौं : कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारमा बस्नेहरुले मुख सम्हाल्नुपर्ने सुझाव दिएका छन् । संसद्को आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले प्रधानमन्त्रीदेखि लिएर सरकारमा सहभागी अन्य नेताहरुबाट पनि उत्तेजनापूर्ण र हल्काफुल्का अभिव्यक्तिहरु आइरहेको बताए।
उनले भने, ‘प्रधानमन्त्री चुनावमा बालुवाटारबाट पैशा बाँडियो भन्नेजस्ता उत्ताउला र निराधार अभिव्यक्ति आएका छन् । यदि त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्नुपर्‍यो नत्र यसरी जथाभावी बोल्न भएन ।
उनले प्रधानमन्त्री चुनावमा बालुवाटारबाट पैशा बाँडिएको आरोपमा प्रमाण पेस गर्न चुनौती दिए। उनले सरकार बस्नेहरुका हल्काफुल्का र गैरजिम्मेबारपूर्ण अभिव्यक्तिका कारण परिस्थिति झन् जटिल बन्दै गएको बताउँदै भने, सरकारमा बस्नेहरुले मुख सम्हाल्नुपर्‍यो । संयम र मर्यादा गुमाएर बोल्नु भएन।
उनले मुलुक अत्यन्तै असहज अवस्थामा रहेको बताउँदै भने, ‘तर चर्का भाषण गरेर वा कसैलाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन । त्यसका लागि गहन गृहकार्य र गम्भीर सम्वादको खाँचो छ।

उनले तराई मधेसको समस्यालाई राजनीतिक तवरमा समाधान खोजिनुपर्ने र नाकाबन्दी हटाउन कुटनीतिक पहल हुनुपर्ने बताए। उनले संविधान संशोधनको विधेयक संसद्‍मा दर्ता भइसकेकोले  प्रकिया अघि बढाउन अलमल नगर्न पनि सरकारलाई सुझाव दिएका छन्।

उनले राष्ट्रिय समस्या समाधानका लागि कांग्रेसले रचानात्मक सहयोग गर्ने बताए । उनले एमालेको मात्रै प्रधानमन्त्रीजस्तो व्यवहार नगर्न केपी ओलीलाई आग्रह गर्दै भने,  ‘सम्पूर्ण मुलुकको साझा प्रधानमन्त्री हुँ भन्ने धारणा र व्यवहार देखिनुपर्‍यो।’
-annapurnapost

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts