काठमाडौं,कातिक १८ । नेताहरुलाई अनुचित प्रभावमा पारी मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जनामा परेर एमालेको प्रमुख सचेतक हुँदै मन्त्री बन्न सफल चालु वकिल अग्नीप्रसाद खरेलले कतिसम्म गर्न सक्दा रहेछन् भन्ने एउटा उदाहरण सांसद राज्यलक्ष्मी गोल्छाले सार्वजनिक गरेकी छिन् ।
६ मिनेट ३३ सेकेण्ड लामो गोल्छाको अडियोमा एमालेका तत्कालीन प्रमुख सचेतक खरेलले आफूसँग ५५ हजार रुपैयाँ मागेको उल्लेख छ । गर्न पनि कतिसम्म सकेछन् भने केपी ओलीलाई निर्वाचित हुने अघिल्लो दिन खरेलले भोलिपल्ट मतदानमा अनिवार्य उपस्थित हुन गोल्छालाई फोन गरेका आजको बुधबार साप्ताहिकमा खबर छ । त्यतिबेला दिल्लीमा उपचारमा रहेकी गोल्छाले आफू आउँन नसक्ने सूचना खरेललाई दिइन् । हरेक कुरामा नाफा हेर्ने खरेलले तुरुन्तै भनेछन्, त्यसो भए अहिले तत्कालै मलाई ५५ हजार रुपैयाँ चाहियो, अहिले नै मेरो दमकमा रहेको खातामा हालिदिनुस् । परिवन्दमा परेकी गोल्छाले हाल्दिन सक्दिन भन्ने कुरा भएन । उनले तुरुन्तै आफ्ना सहयोगीमार्फत खरेलको खातामा ५५ हजार रुपैयाँ जम्मा गरिदिइन् । उनले अडियोमा भनेकी छिन् । मसँग त्यसको रसिद पनि छ ।
उता, आफूले पैसा लिएको खुलासा भएपछि केही हुन्छ की भनेर आत्तिएका खरेललेचाँहि नेताहरुलाई फोन गर्दै कुरा बटार्न थालेका छन् । कुराको खेती गर्न माहिर उनले लाजै नमानी आफूले वैष्णव धर्मसम्बन्धी एउटा संस्थाको लागि चन्दा मागिदिएको भन्न बाँकी राखेका छैनन् ।
चुनावको बेला नेताहरुलाई पैसा दिनुलाई सामान्य मानिए पनि प्रमुख सचेतक पदकाको सचेत दुरुपयोग गर्दै यसरी पैसा उठाइनु र त्यस्ता मानिसले थप जिम्मेवारी पाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
No comments:
Post a Comment