काठमाडौं,कातिक १८ । पाकिस्तानका अलराउण्डर एवं पूर्व कप्तान शोएब मलिकले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । युएइको सारजाहमा भैरहेको इंग्ल्याण्डसँगको टेस्टको तेस्रो दिनको खेल सकिएपछि मगलबार राति भएको पत्रकार सम्मेलनमा उनले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको दोस्रो पारीमा शून्यमै आउट भएपछि उनले यीतो निर्णय आएको हो । मलिकको अप्रत्यायिक सन्यास घोषणाले टीममेट समेत आश्चर्यमा परेका छन् ।
सन् २०१९ मा हुने विश्वकपमा ध्यानकेन्द्रीत गर्नका लागि टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेको मलिकले बताए । ३३ वर्षका मलिकले पााच वर्षपछि टेष्टमा कमब्याट गरेका इंग्ल्याण्डविरुद्धको पहिलो म्याचमा कमब्याक गरेका थिए । उनले पहिलो टेष्टमै २४५ रन बनाए, जुन उनको करियरकै सर्वश्रेष्ठ पारी हो । पाकिस्तानका लागि उनले ३५ टेस्ट म्याच खेलेका छन् । जसमा उनले एक हजार ८ सय ९८ रन बनाएका छन् भने २९ विकेट पनि लिएका छन् । उनले तीन वटा टेस्टमा पाकिस्तानको कप्तानी पनि गरेका थिए ।
No comments:
Post a Comment