रसुवा, कातिक १८ । रसुवामा यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।४५ जना घाइते भएका छन । मृतक मध्ये २९ जनाको सनाखत भएको छ । आज जिल्ला अस्पताल धुञ्चेमा सनाखत भएका मृतकहरुको नामावली यस प्रकार रहेको छ – रसुवाको राम्चे गाविस वडा नं ३ स्थित ग्राङ भिरमा भएको दुर्घटनामा २९ जनाको घटनास्थल ,१ जनाको धुञ्चे अस्पताल लैजाने क्रममा बाटोमा , ५ जनाको त्रिशूली अस्पताल नुवाकोटमा र १ जनाको उपचारको क्रममा काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यू भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
यस्तै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको खबर सुन्नासाथ घाइतेको उद्धारका लागि काठमाडौंदेखि नेकपा एमालेका सभासद जनार्दन ढकाल हेलिकप्टर लिएर आउनुभएको थियो । उहाँले उक्त हेलिकप्टर मार्फत १५ जना घाइतेलाई काठमाडौंको शिक्षण अस्पतालमा पु¥याउनुभएको थियो । अहिले घाइतेको अवस्था सामान्य रहेको छ ,तर राम्चे ८ की मेन्सि लामाको अबस्था भने चिन्ताजनक रहेको सभासद ढकालले बताउनुभयो । यस्तै धैबुङ ९ की सिता बि.क को खुट्टा काटनपर्ने शिक्षण अस्पतालका चिकित्सकले बताएका छन ।
घाइतेहरुमा धैबुङ २ की अप्सरा धिताल ,भोर्ले ३ का कालू मोक्तान ,लहरेपौवा ८ का कालसाङ तामाङ ,राम्चे ८ का मेन्सि लामा ,हाकू ९ की वुटि तामाङ ,सरमथली ६ का तील ब. लामा , ,सरमथली ५ का मोहन मोक्तान ,भोर्ले ४ की सानुमाया रुम्बा ,थाम्बुचेत १ का खामसुङ तामाङ , धैबुङ ९ की सिता बि.क ,गोल्जुङ ८ का मिङसिदार तामाङ , हाकू ८ का पेङदुरी तामाङ रहेका छन ।यस्तै वीर अस्पतालमा ११ जना घाइतेको उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य रहेको छ । काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा ११ जना घाइतेको उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य रहेको घाइतेको उपचारको बारेमा बुझिरहनुभएका सभासद ढकालले बताउनुभयो ।
यस्तै त्रिशूली अस्पतालमा ५ जना घाइतेको उपचार भइरहेको ती मध्ये १५ बर्षकी ल्वाङ लामाको अबस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।बाँकीको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ ।
No comments:
Post a Comment