काठमाडौं,मंसिर ८ । भारतले लामो समय नेपालमाथि अघोषित नाकावन्दी लगाइरहँदा नेपालमा भारतप्रति बिभिन्न शंका उपशंकाहरु उब्जिइरहेका छन् । यस्तै परिस्थितिमा मंगलबार भारतीय जनता पार्टीका सांसदले नेपालको राष्ट्रिय अखन्डताको विरुद्धमा अभिव्यक्ति दिएका छन् । उनले नेपालको १५ वटा जिल्ला हिन्दुस्थानको भएको भन्दै ती भूभागहरु भारतले फिर्ता लिनुपर्ने र त्यसको लागी आफुले नेतृत्व लिने समेत बताएका छन ।
भारतीय एक समाचार संस्थाका अनुसार उनले ती भूभाग भारतमा गाभ्नको लागी बल प्रयोग गर्न समेत पछि नपर्ने बताएका छन् । हाल भारतको सरकारको नेतृत्व गरिरहेको मोदीको दलको नेताले नेपालविरोधी अभिव्यक्ति दिनु सामान्य मान्न सकिँदैन । यसले भारतको नेपालप्रतिकोे व्यवहारमा थप शंका उत्पन्न गराएको छ । भाजपा सांसद एवं पूर्व क्रिकेटरले दरवंगामा आयोजित एक कार्यक्रममा नेपालबाट १५ वटा जिल्ला भारतमा गाभ्नुपर्नेकुरा बताएका हुन् । उनले नेपाललाई अंगे्रजले दिएका भारतका भु–भाग भारतमै गाभ्नुपर्ने कुरा व्यक्त गरेका छन् । उनले भनेका छन– ‘अंगे्रजले नेपाललाई दिएका १५ वटा जिल्लाको बारेमा अहिले सम्म कसैले पनि कुरा नउठाएकाले ती १५ जिल्ला अहिले भारतले लिनुपर्ने कुरा व्यक्त गरेका छन् । साथै यी जिल्लाहरु फिर्ता लिनको लागी लड्ने समेत उनले बताएका छन । उनले अगाडि भनेका छन्, ‘यी जिल्लाहरु नेपालसँग जसरी पनि लिने र दिन नचाहेमा खोस्न पनि तयार हुनु पर्दछ ।’ यसका लागी उनले संसदमा समेत आवाज उठाउने बताएका छन् ।
No comments:
Post a Comment