Tuesday, November 24, 2015

एकतापछि वैद्य अध्यक्ष, दलको नेतामा प्रचण्ड !

काठमाडौं,मंसिर ९ । आफू असुरक्षित र कमजोर महसुस गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड मोहन वैद्य नेतृत्वको माओवादीसँग पार्टी एकता गर्न हतारिएका छन् । उनी वैद्यका सबै सर्त स्वीकार गर्न तयार भएपछि दुई पार्टीबीच एकीकरणका प्रक्रिया अघि बढेको छ ।

प्राप्त समाचारअनुसार प्रचण्ड एकीकृत माओवादी पार्टीका अध्यक्ष पद छोड्न तयार भएका छन् र आफू संसदीय दलको नेता मात्र भएर बस्ने जानकारी मोहन वैद्य किरणलाई दिएका छन् । भनिन्छ, प्रचण्ड पछिल्लो समयमा अत्यन्त निराश बनेका छन् । डा.बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि झस्किएका प्रचण्ड केही साताअघि जेनेभामा सम्पन्न मानवअधिकारसम्बन्धी सम्मेलनमा भारतका प्रतिनिधिले माओवादीको हिंसात्मक युद्धकालमा मानवअधिकारको घोर उल्लंघन भएको स्पष्ट गर्दै त्यसबेला भएको नरसंहारको छानबिन हुनुपर्ने धारणा राखेपछि प्रचण्ड थप त्रसित भएका हुन् ।

गत असोज ३ गते संविधान जारी गराउन आफ्नो सर्वाधिक महत्वपूर्ण र निर्णायक भूमिका भएको ठान्ने प्रचण्डले केपी ओली नेतृत्वमा वामपन्थीहरुको सरकार गठन गरिनु र उच्चस्तरीय संयन्त्रको प्रमुख हुनुलाई प्रचण्डले आफ्नो सफलता ठानेका छन् । तर, यति ठूलो सफलता हासिल गदाृ पनि आफ्नो पार्टी र पार्टीगत हैसियत कमजोर हुनुलाई भने उनले आफूहरुको असफलता ठानेका छन् ।

पार्टीमा निष्ठावानहरुको कमी भएको स्वीकार गर्दै प्रचण्डले किरण र बादललगायतका नेताहरु निष्ठावान भएको अनुभूति आफूलाई भएको जनाउ मोहन वैद्य किरणसँगको संवादका क्रममा प्रचण्डले दिएका छन् । अध्यक्षको जिम्मेवारी लिइरहँदा समस्या भएको हो भने म त्यो पद छोड्न तयार छु, वैद्यजी या बादलजी जसले अध्यक्षको जिम्मेवारी लिए पनि हुन्छ, तर पार्टीचाहिँ जतिसक्दो चाँडो एकीकृत हुनुपर्यो भनी अनेकौं चरणको वार्ताको क्रममा प्रचण्डले भनेपछि वैद्यसहित उनका समर्थक खुसी भएका छन् । घटना र विचार साप्ताहिकमा छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts