Wednesday, November 4, 2015

निजी सवारीलाई कुन-कुन पम्पले बाँढ्दै छन पेट्रोल ?

काठमाडौं,कातिक १९ । नेपाल आयल निगमले आजबाट तीन दिनसम्म निजी सवारी साधनलाई पेट्रोल वितरण गर्दै छ । निगमले तीन दिनमा नौ लाख लिटर पेट्रोल निजी सवारी साधनलाई वितरण गर्ने तयारी गरेपनि आजका लागि पेट्रोल वितरणको जिम्मा पाएका सबै पम्पले निजी सवारीलाई एकै समयमा तेल नबाँड्ने भएका छन् । नेपाल आयल निगमको थानकोट डिपोबाट पम्पसम्म तेल ल्याउने ट्यांकर सीमित भएका कारण सबै पम्पले एउटैै समयमा तेल बाँड्न सुरु नगर्ने भएका हुन् ।

निगमले मोटरसाईकललाई पाँच र कारलाई १० लिटर पेट्रोल उपलब्ध गराउने बताएको छ । निगमले तयार पारेको तालिका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका ६० वटा पम्पहरुबाट निजी सवारी साधनलाई पेट्रोल वितरण गरिनेछ ।

लाईनमा रहेका सवारी साधनलाई पम्प व्यवस्थापनले कुपन उपलब्ध गराउने छ । कुपन पाउने सवारीले पेट्रोल पाउनेछन भने अन्यले पाउने छैनन् । आफुले पाएको पेट्रोलको मात्राका आधारमा पम्पहरुले कुपनल वितरण गर्नेछन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts