काठमाडौं,कातिक १९ । प्रधानमन्त्री भएको एक महिना वित्न लाग्दा सत्तारूढ दल नेकपा एमालेले बल्ला आज मन्त्री मण्डललाई पूर्णता दिने भएको छ । गुट उपगुटको कारण विवादित बनेको एमालेले आज आफ्नो भागमा परेको थप मन्त्रीलाई सपथ खुवाउन लागेको हो । आज सपथ खानेमा अर्थमन्त्रीमा विष्णु पौडेल, भीम रावल उपप्रधान मन्त्री बन्ने निश्चित छ भने अन्यलाई विनाविभागिय मन्त्रीमा नै सपथ खुवाउन लागेको हो । उपप्रधानमन्त्री रावलले रक्षा र सञ्चार मध्ये एक मन्त्रालय पाउने भएका छन्।
माधव नेपाल र केपी ओली बसेर मन्त्रीहरूको अन्तिम टुंगो लगाउने स्रोतले बतायो। आज साँझ सम्ममा मन्त्रीमण्डल विस्तार हुनेमा एमाले नेताहरू सहमति भएका छन्। एमालेका ८ मध्ये तीन जना मात्रै मन्त्री भएका छन्। एमालेमा प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलका तीन खेमा छन् । उनीहरुले आफ्नो तर्फबाट एक९एक दर्जन भन्दा बढी नाम पठाएका छन् । एमालेको भागमा १० मन्त्रालय परेका छन् ।
No comments:
Post a Comment