Wednesday, November 4, 2015

दश वर्षअघि हराएका बालक पर्सामा भेटिए

पाल्पा, कातिक १९ । दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर छाडेका थिए ।

खड्का पर्साको वीरगन्जस्थित बालकल्याण गृहमा अध्ययनरत रहेको बालकल्याण समिति पाल्पाका बालअधिकृत हरिबहादुर सारुले जानकारी दिए । खड्कालाई माइती नेपालको पहलमा वि।स। २०६२ साल जेठ ९ गते बालकल्याण गृहमा भर्ना गरिएको थियो । उनी बालगृहमा अध्ययन गर्दै आएका थिए ।

विद्यालयमा रजिस्ट्रेसन भर्दा जन्ममितिको प्रमाणपत्र आवश्यक पर्ने भएकाले जिल्ला बालकल्याण समिति पर्साले पाल्पालाई पत्रचार गरेपछि खड्का सम्पर्कमा आएको बालअधिकृत सारुले जानकारी दिए । खड्काका बुबा भूपेन्द्र खड्काको भने मृत्यु भइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts