लहान, कात्तिक १९ । करिब ८३ दिनदेखि बन्द रहेका सिराहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ। आमहडतालका कारण वन्द भएका विद्यालय खोल्न आन्दोलनरत पक्ष सहमति भएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले जानकारी दिए।
विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्काल विद्यालय सञ्चालन गर्न प्रजिअ डा विश्वकर्माले विज्ञप्तिमार्फत आह्वानसमेत गरेका हुन्। संयुक्त मधेसी मोर्चाको आह्वानमा जारी अनिश्चितकालीन आमहडतालका कारण जिल्लास्थित विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ ।
No comments:
Post a Comment