Saturday, November 7, 2015

‘सीमांकनमा हेरफेर हुँदैन’

इटहरी–नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसवादी दलका माग पूरा गर्न अहिले भएका सात प्रदेशको सीमांकनमा एक इन्च तल–माथि हुन नदिने दाबी गरेका छन् ।

उनले सीमांकन थपघट गर्नै परे पनि संघीय आयोग बनाएर त्यसको सुझावअनुसार मात्र गर्ने जिकिर गरे । ‘सीमांकनमा हेरफेर गर्ने अवस्था आए पार्टी त्यसको विपक्षमा उभिनेछ,’ सचिव भट्टराईले शनिबार तिहार अवसरमा सुनसरीका इटहरीमा प्रेस चौतारी नेपालले गरेको शुभकामना आदनप्रदान कार्यक्रममा भने, ‘सात प्रदेशको सीमांकन हेरफेर गर्न खोजिए नेपाली नागरिकले विद्रोह गर्ने र त्यसलाई कसैले थाम्न नसक्ने अवस्था आउँछ ।’ उनले छिमेकी मुलुक भारतको उक्साहटमा मधेसी नेताले नागरिकलाई दुःख दिएको बताए ।
-Nagariknews.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts