Sunday, November 8, 2015

जब उपप्रधानमन्त्री बनाउन अोलीलाई धुर्मुसले आग्रह गरे !

कार्तिक २२, २०७२- गत वर्षको गाइजात्रामा सिताराम कट्टेल ‘धुर्मुस’ केपी शर्मा ओली बनेका थिए । धुर्मुसले गरेको आफ्नो नकल हेर्न एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठान पनि पुगेका थिए ।

आइतबार फेरि धुर्मुसले ओलीका अगाडि प्रस्तुति दिए । प्रधानमन्त्रीका रुपमा कार्यक्रममा पुगेका ओलीलाई धुर्मुसले यसपालि मुस्कान पासा बनेर उडाए । नेपालीले सुरु गरेको साजिक सञ्जाल सुगनडटकमको शुभारम्भ गर्न पुगेका ओलीलाई नेवार समुदायको पात्र बनेका सितारामले ‘ज्वाईं’ सम्वोधन गरे ।

तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना

नेवार पोशाकमा सजिएका मुस्कान पासाले हातमा कोट झुन्ड्याएर आएपछि सुन्तलीले सोधिन्– ‘किन चाहिँ नलगाएर किन हातमा लिएको ?’

त्यसको जवाफमा ओलीतिर हेर्दै उनले भने, ‘ज्वार्इं प्रधानमन्त्री हुनु हुन्छ । ६ जना उपप्रधानमन्त्री बनाइसक्नु भयो । मलाई पनि उपप्रधानमन्त्री बन्नु पर्‍यो भनेर बोलाइहाल्नु हुन्छ कि भनेर यो कोट लिएर हिँडेको ।’

आफूलाई गरिएको व्यंग्य सुनेर ओली हाँसे । सुन्तलीले थपिन्, ‘ओली कलाकारलाई धेरै मन पराउनु हुन्छ । उहाँले गत वर्षको हाम्रो फिल्म ‘६ एकान ६’ हेर्नु भएको थियो । यसपटक पनि हाम्रो ‘वडा नम्बर ६’ हेर्नु भयो । दुवै फिल्म सुपरडुपर हिट भए । त्यही भएर ६ नम्बर ठीक लागेर ६ जना उपप्रधानमन्त्री राखेका होलान् ।’

ओली र सँगै रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगै पूरै हल हाँसोले गुञ्जियो ।


-kantipur

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts