काठमाडौं: दुई हतियारधारी उच्चपदस्थ सुरक्षाकर्मीबीच आधादर्जन सहयोगी उच्चपदस्थका अगाडी मुख छोडाछोड र गाली गौलच चलेको छ ।
सशस्त्र प्रहरी मुख्यालयमा शनिबार विहान आईजीपी कोषराज वन्तले ‘सशस्त्र प्रहरी दिवस’ को रिहल्सलका लागि बोलाएको कार्यक्रमपछि भएको कल्याणकारी कोषको बैठकमा वन्त र एआईजी जीवनराम थापाबीच भएको विवाद झण्डै हातहालाहालको स्थितिमा पुगेको थियो ।
सशस्त्र प्रहरी दिवस कात्तिक सात गते भएता पनि ईन्टरपोलको बैठकमा वन्त विदेशीएपछि कार्यक्रम गर्नकै लागि सोमबार दिवस बनाउने योजना तय भएको थियो ।
प्रहरीले समेत सानो औपचारिक कार्यक्रम गराएर प्रहरी दिवस मनाएकोमा सशस्त्र प्रहरी वन्तकै ढिपीका कारण धुमधामसँग सशस्त्र प्रहरी दिवस मनाउन लागिएको भन्दै संगठन भित्र वन्त आलोचित बनेका थिए । शनिबार विहान भएको दिवसको रिहल्सल सकिए लगत्तै वन्तले कल्याणकारी कोषको वैठक राखेका थिए ।
एआईजी दुर्जकुमार राई, जीवन थापा, सिंहबहादुर श्रेष्ठ, प्रकाश ओझा, प्रेम शाही र लगायतका उच्च अधिकृतहरु सम्मिलित वैठकमा आईजीपी वन्तले तल्लोस्तरमा गएर ‘ सबैकाममा आफैं लाग्नुपर्ने, केहीकाम गर्दैनन्, मन्त्री र नेताको ढोकाढोका कुद्दै हिड्छन्,…’भनेर पटकपटक अपमानजनक शब्दहरु प्रयोग गरेका थिए ।
पटकपटक वन्तले यसरी गाली गरेपछि दुई महिनापछि अवकाश पाउँन लागेका एआईजी जीवनराम थापाले संगठन भित्रको कल्याणकारी हित र आफ्ना व्यक्तिगत अनुभुति साट्न आईजीपी वन्तसँग १० मिनेटको समय माग गरेका थिए । एआईजी थापाले समयमाग्ने वित्तिकै आईजीपी वन्तले ‘ पर्दैन, ३२ वर्ष थप गर्न हिडेको होइन’ भनेका थिए ।
चेन अफ कमाण्ड भित्र रहेर थापाले समयमाग्दा वन्तको तल्लो स्तरको अभिव्यक्ति दिएपछि थापा जुरुक्क उठेर ‘ तैंले के खोजेको, तीन महिना तालिम र पैसाका भरमा तँ आईजीपी बनेको होईनस्, मनपरि मुखमा जे आयो त्यही बोल्ने, हाम्रो ईज्जत छैन, मुख छाड्न्, कस्ले राम्रो गरेको छ दुवैको बच्चा र पत्नी लिएर बंगलामूखीमा गएर कमस खाउँ ’ भनेका थिए ।
स्रोतका अनुसार आईजीपी वन्त र एआईजी थापाबीच हातहालाहालको स्थिति पैदा भएपछि एआईजी दुर्जकुमार राईले वन्तलाई अर्कै कोठामा पुर्याएर कसैलाई आउन दिएका थिएनन् ।
स्रोतका अनुसार शुक्रबार साँझपनि रिहल्सल भएको थियो । उक्त रिहल्सलमा आईजीपी वन्तले डान्सर महिलाको बीचमा गएर संवेदनशील अंगलाई इंगित गर्दै ‘ तिम्रो सबैकुरा ठिक तर अलि उठ्यो ’ भनेर भनेका थिए । त्यतिकैमा सहभागीले ‘के उठ्यो सर’ भनेपछि मुखामुख बनेको थियो ।
कलाकार सबै उठेपनि ढाडको समस्या भएका एआईजी थापा कुर्सीमै बसीरहेका बेला पनि आईजीपी वन्तले ‘यस्लाई त जुत्ताले हान्नुपर्ने’ समेत भनेको स्रोत बताउँछ । त्यतिकैमा एआईजी दुर्जकुमार राईले पनि वन्तको स्वरमा स्वर मिलाउँदै ‘हो सरले ठिक कुरा गर्नुभयो, जुत्ताले हान्नुपर्ने’ भनेका थिए ।
प्रहरीको एसएसपी सहित आठ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको कैलालीको टिकापुर घटनाको अनुसन्धानका लागि बनेको समितिमा एआईजी थापा समेत थिए । उक्त समितिको रिर्पोटमा आईजीपी वन्तले नै गोली हान्न आदेश नदिएपछि सशस्त्रले गोली नचलाएको भन्ने समावेश थियो ।
त्यतिबेला देखि नै वन्तले एआईजी थापालाई पटकपटक धम्क्याउँदै ‘ तैंले मलाई डुबाउने भईस्, सशस्त्रको लाज रोक्न सकिनस्, म रिटार्यड भएपछि अख्तियारमा जाँदै छु, तँलाई हतकडी लगाउँछु, अनि देख्लास’ भनेको स्रोत बताउँछ ।
स्रोतका अनुसार बिनाशकारी भूकम्पमा सशस्त्र प्रहरीका भूपू अधिकृतहरुलाई सहयोग गर्ने कुरामा समेत आईजीपी वन्तले ‘ यी मु…भूपुहरु चोर हुन्, म चोरै भन्छु, राहतको नाममा लुटको धन फुपुको श्राद्ध गर्न चाहन्न’ समेत भनेका थिए । तत्कालीन समयमा एआईजी थापाले ‘ सर एक जनाको रिसईबीले हुँदैन, तपाइँ पनि भूपू भएपछि भूपूको मिटिङमा सम्बोधन गर्दा पूर्व प्रहरी महानिरिक्षक मु… भनेर सम्बोधन गर्ने ? ’ भनेको स्रोत बताउँछ ।
शुक्रबार राती र शनिबार विहान भएको घटनाका बारेमा सोध्दा एआईजी थापाले भने,‘मैले संगठ न र मेरा कुरा राख्छु भनेर समयमाग्दा आईजीपी सापसँग सामान्य भनाभन भएको हो, अरु केही होइन ।’
घटनाबारे सोधपुछ गर्न आईजीपी वन्तसँग फोन र एसएमएस गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार शनिबार साँझसम्म पनि आफू निकट एआईजी तथा अन्य अधिकृतलाई मिटिङमा राखेर ‘अब के गर्ने’ भनेका थिए ।
-Annapurnpost
No comments:
Post a Comment