काठमाडौं,मंसिर ८ । परराष्ट्र मन्त्रालयले राहदानी बितरण प्रणालीलाई सहज र छिट्टो बनाउन आजदेखि प्रत्यक्ष दर्ता प्रणाली सुरु गरेको छ । अन्तर्राष्ट्रिय उड्यन प्राधिकरण आइकाले विश्वभरी नै बाध्यकारी रुपमा हस्तलिखित राहदानी नचल्ने नियम आजदेखि अनिवार्य रुपमा एमआरपी लागु गरेपछि मन्त्रालयले दु्रत रुपमा राहदानी बनाउने प्रक्रिया सुरु गरेको हो । प्रणाली अन्तरगत आज पहिला चरणमा कुटनितिक अधिकारीहरुको राहदानी उपलब्ध गराइने राहदानी विभागले जनाएको छ ।
सो प्रणाली अनुसार राहदानी लिनका लागि फाराम नभरी सिधै कम्प्युटरबाट फाराम भरिन्छ । राहादानी लिने बिबरण बायोमेट्रिक रहने र सबै काम डिजिटलाइज्ड हुने मन्त्रालयले जनाएको छ । हस्तलिखित राहदानी भएकाले अब एमआरपी अनिवार्य रुपमा बनाउनुपर्नेछ । एमआरपी बनाउन सुरु गरेको ५ वर्षको अवधिमा झण्डै ३८ लाख एमआरपी बनेको सरकारी तथ्यांक सकारी छ । हाल सरकारी अनुमतिमा बैदिशक रोजगारीमा रहेका नेपालीको संख्या ४० लाखको हाहारीमा छ । यसैबीच विदेशमा रहेका नेपालीहरुले ट्रान्जित उडानमार्फत नेपाल फर्किनसमस्या हुने भएकाले सकेसम्म भिसा लागेको हस्तलिखित पासपोर्टसँग नयाँ एमआरपी पसिन बोक्न बिभागले आग्रह गरेको छ ।
No comments:
Post a Comment