काठमाडौं,मंसिर ८ । संसदको विधायन समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धी विधेयक मंगलबार पारित गरी संसदमा पेश गर्ने तयारी गरेको छ। पुर्ननिर्माण प्राधिकरण सम्बन्धी विधयेक पारित गर्न आज वैठक बोलाइएको हो । यसअघि आइतबार बसेको वैठकमा सो विधयेक समितिवाट पारित गर्ने तयारी गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधयेकका विषयमा थप राजनीतिक सहमति जुटाउन आवश्यक देखिएकाले समय थप गर्न माग गरेको थियो । सोही अधार बनाइ आज सम्मलाई वैठक स्थगित भएको थियो । विधेयक संसदमा पेश गर्नुअघि विधायन समितिमा छलफलपछि पारित गर्नुपर्ने छ ।
तर समितिमा कांग्रेसका सांसदहरुको असहमतिका कारण विधेयक संसदमा पेश हुन सकेको छैन। यसअघि दुई दिनअघि बसेको विधायन समितिको बैठकले एक पटक राजनीतिक नेतृत्वबीच छलफल गर्ने र त्यसपछि सहमति नभए बहुमतबाटै भएपनि विधेयक पारित गर्ने समझदारी गरेको थियो। विधायन समितिको सचिवालयले विधेयक पारित गर्न मत विभाजनको सम्भावना रहेको बताएको छ। ३३ वटा दफा रहेको प्राधिकरण विधेयकको ३३ औं नम्बरको बुँदा हटाएर पारित हुने सम्भावना रहेको श्रोतले जनायो। ‘३३ औं नम्बरमा अध्यादेश मार्फत गरिएका कामकारबाही ऐन बमोजिम गरिएको मानिनेछ’ भन्ने उल्लेख छ। गत बैशाख १२ गते गएको महाभुकम्प पछिको पुर्ननिर्माणकालागि सरकारले अध्यादेश मार्फत प्राधिकरण गरि कार्यकारी अधिकृत पनि नियुक्त गरेको थियो । तर समयमै प्रतिस्थापन विधयेक नल्याउँदा अहिले पुर्ननिर्माण प्राधिकरण स्थगन भएको छ । तत्कालीन काँग्रेस नेतृत्वको सरकारले यसअघि ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२’ मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गर्नाका साथै तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । उक्त सरकारले जारी गरेको अध्यादेश ६० दिनभित्र विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्नेमा त्यसो हुन नसकेपछि अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।
No comments:
Post a Comment