Friday, November 20, 2015

क्यानडाको जलसेनामा नेपाली

काठमाडौं,मंसिर ५ । उत्तर अमेरिकी मुलुक क्यानडाको नेभी (जलसेना)को उच्च तहमा पहिलो नेपाली प्रवेश गरेका छन् । तीन प्रकारका सैन्य सेक्सनमध्ये जलसेनाको लेफ्टिनेन्ट तहमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तीलेटका बासिन्दा सुधीरजंग पाँडे काम गरिरहेका छन् । दीपेन्द्र प्रहरी विद्यालयबाट एसएसली र रसियाबाट इन्जिनियरिङ गरेका ४१ वर्षका पाँडे २९ वर्षको उमेरमा क्यानडाको प्रहरी सेवामा प्रवेश गरेको नेपाल समाचारपत्रमा खबर छ । त्यसपछि सन् २००५ मा सिभिल प्रहरी फोर्समा भर्ती भएका उनी त्यसको तीन वर्षपछि सेनातिर आकषिर्त भएका हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts