काठमाडौं,मंसिर ५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार, प्रमुख प्रतिपक्ष र तराई–मधेसमा आन्दोलनरत दलहरूबीचको वार्ताको प्रयासलाई जारी राखेका छन् । औपचारिक वार्ताको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले शुक्रबार प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग टेलिफोन संवाद गरेका छन् । प्रचण्डले कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग टेलिफोन संवाद गरेको नयाँ पत्रिकामा खबर छ ।
प्रचण्डले पौडेल र यादवलाई समस्या समाधानका लागि गम्भीर भइदिन आग्रह गरेका थिए । ‘सहमतिका लागि अध्यक्ष प्रचण्ड अनौपचारिक संवादमा हुनुहुन्छ,’ उनका सहयोगी शिव खकुरेलले भने, ‘आज (शुक्रबार) कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र तमसपाका अध्यक्ष महेन्द्र राय यादवसँग टेलिफोन संवाद गर्नुभयो ।’ टेलिफोन संवादमा पौडेलले समस्या समाधानका लागि कांग्रेसले पनि पहल थालेको जानकारी दिएका थिए । प्रचण्ड र पौडेलबीचको संवादपछि शनिबार बिहान सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच वार्ता हुने भएको छ ।
स्रोतका अनुसार सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको साझा धारणा बनाएर मात्रै मधेसी मोर्चासँग वार्तामा बस्नेमा दुवै पक्ष सहमत भएका छन् । तमसपा अध्यक्ष यादवसँगको टेलिफोन संवादमा प्रचण्डले सरकार पक्ष सहमतिको पक्षमा रहेको बताएका थिए । तर, यादवले भने समस्या समाधानका विषयमा ठोस कुरा नभएको बताए । ‘काठमाडौंमै हुनुहुन्छ कि कता हुुनुहुन्छ भनेर सोध्नुभयो,’ प्रचण्डसँगको टेलिफोन संवादबारे यादवले भने, ‘मैले हामी यतै छौँ भने अरू केही कुरा भएन ।’
Friday, November 20, 2015
मधेस समस्या समाधान गर्न प्रचण्ड अनौपचारिक छलफलमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment