Friday, November 20, 2015

बटलरको कीर्तिमानी शतकसँगै इंग्ल्याण्डद्धारा सिरिज कब्जा

काठमाडौं,मंसिर ५ । पाकिस्तानविरुद्धको चार एकदिवसीय सिरिज इंग्ल्याण्डे जितेको छ ।  जोस बटलरको कीर्तिमान शतकसँगै चार म्याचको सिरिज ३–१ ले जितेकोको हो । यो जितसँगै बटरले एक दिवसीय क्रिकेटमा सबै भन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा गरेका छन् । पाकिस्तानसँगको चौंथो एक दिवसीयमा ५२ बलमा एक सय १६ रन बनाएका बटलरले मात्रै ४६ बलमा शतक पूरा गरेका थिए । उनी एक दिवसीय क्रिकेटमा सबै भन्दा छिटो शतक पूरा गर्ने इंग्ल्याण्डका खेलाडी बनेका छन् । जुन इंग्ल्याण्डको वनडेमा फास्टेस्ट शतक हो । यसअघि उनले २०१४ मा श्रीलंकाविरुद्ध ६१ बलमा शतक बनाएका थिए ।
उनको अविजित ११६ रनको मदतमा इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रन बनायो । युएईको अबुधाबीमा भएको चौंथो एक दिवसीयमा इंग्ल्याण्डले पाकिस्तानलाई ८४ रनले हरायो । तीन सय ५६ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४० दशमलव ४ ओभरमा दुई सय ७१ रन बनाएर अल आउट भयो । पाकिस्तानका लागि शोएब मलिकले ५२, बाबर आजमले ५१, अजहर अलीले ४४ तथा मोहमम्द हाफिजले ३७ रन बनाएपनि हार टार्न सकेनन् । इंग्ल्याण्डका अदिल रसिद र माइन अलीले तीन तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ५५ रन बनायो । आठ छक्का र १० चौका प्रहार गरेका बटलरले ५२ बलमा एक सय १६ रन बनाए । ज्यासन रोएले एक सय दुई तथा जाए रुटले ७१ रन बनाए । पाकिस्तानका मोहमम्द इरफान र अजहर अलीले दुई दुई विकेट लिए । बटलर प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज घोषित भए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts