काठमाडौं,मंसिर ५ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति हुने इएल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोनाबिचको भिडन्तमा आज हुदैछ । नेपाली समय अनुसार आज राती ११ बजे रियलको घरेलु मैदान सान्टिएगो बर्नबाउमा एल क्लासिकोको पहिलो भिडन्त हुन लागेको हो । खेललाई मध्यनजर गरेर सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको छ ।
रियलको मैदान बर्नव्यउमा हुने खेलका लागि साविकको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरिएको छ । बर्नव्यउमा इएल क्लासिकोको सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गएको शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा एक सय २९ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि युरोपको सुरक्षा व्यवस्था कडा परिएको हो ।जारी यो वर्षको लिगमा बार्सिलोना रियलभन्दा ३ अंकले अघि छ । बार्सिलोनाको लागि दुई महिना घाइते फर्किएका स्टार लियोनेल मेसीले उत्साह थपेका छन् भने रियलका लागि डिफेन्सको चिन्ता छ ।
बार्सा र रियलबीचको एल क्लासिकोको अहिलेसम्मको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । कूल २६२ खेलमा रियलले ९६ खेल जितेको छ भने बार्साले १०८ जित आफ्नो नाममा लेखाएको छ । ५८ खेल बराबरीमा भएका छन् । तर, घरेलु मैदानको रेकर्ड भने रियलको नाममा छ । रियलले १३६ खेलमा ७४ जित ३३ हार २९ बराबरी खेलेको छ । बार्सिलोनाले १२६ खेलमा ७० मा जित २७ हार २९ नै खेल बराबरीका लागि खेलेको छ ।
No comments:
Post a Comment