Friday, November 20, 2015

आयल निगमको अर्को बदमासी, ठाडो आदेशमा आधा अर्ब

काठमाडौं, मंसिर ५ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलाई हवाई इन्धन आपूर्तिका लागि प्रतीतपत्र (एलसी) खोल्न भन्दै नेपाल आयल निगमले ५० करोड रुपैयाँ भुक्तानी दिएको खुलासा भएको छ । भारतले नाकाबन्दी लगाएपछि उत्पन्न पेट्रोलियम पदार्थको अभाव छोपेर निगमले मनलागी ठेक्का सम्झौता गर्दा उक्त कम्पनीसँग पर्फमेन्स ग्यारेन्टीबापत रकमसमेत मागेको छैन ।

यसअघि खड्काकै आदेशमा विराट पेट्रोलियम नामक कम्पनीलाई नियमविपरीत पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिइएको थियो , आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts