Friday, November 20, 2015

नाकाबन्दीबारे प्रमुख आवासीय कूटनीतिज्ञहरुले भारतसँग मागे स्पष्टीकरण

काठमाडौं, मंसिर ५ । नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरूले भारतसँग स्पष्टीकरण मागेका छन् । भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति व्यवधानपछि नेपालमा पुनर्निर्माण तथा मानवीय मिसनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेका थिए।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्राप्त जानकारीअनुसार एक युरोपेली राजदूतले नेपालका नागरिक समाज, सञ्चार र महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरूले नाकाबन्दी भारतीय कार्य भएको भन्दै त्यसबारे भारतको धारणा पनि जान्न खोजेका थिए।

स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए।
रेले रक्सौलबाहेक अरू नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेकाले त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts