सप्तरी, मंसिर ६ । सप्तरीमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएको छ । यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरु प्रहरीमाथि जाइलागेपछि प्रहरीले गोली चलाउदाँ उनीहरुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार गाढा-९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा-७ का नागेश्वर यादवको मृत्यु भएको हो। झडपपछि स्थानीय प्रशासनले सदरमुकाम राजविराजको अञ्चल प्रहरी कार्यालयबाट नगर प्रहरी कार्यालयसम्म तथा रुपनी र भारदहमा कर्फ्यु लगाएको छ । मोर्चाको आह्वानमा झण्डै तीन महिनादेखि दिउँसो बन्द हुँदा पूर्वमा चल्ने गाडी प्रहरीले राति स्कर्टिङ गरेर पार गराउने गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment