Saturday, November 21, 2015

इएल क्लासिकोमा रियल मड्रिडको लजास्पद हार

काठमाडौं,मंसिर ६ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा घरेलु टोली रियल मड्रिडले लजास्पद हार चाखेको छ । शनिवार राती भएको खेलमा बार्सिलोनाले चिरप्रतिद्धन्द्धी रियल मड्रिडलाई उसकै ४–० ले हरायो । बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई तथा नेइमार र आन्द्रे इनिएस्टाले एक एक गोल गरे ।

११ औं मिनेटमा स्वारेजले पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा इनिएस्टाले गोल गरेपछि रियल मड्रिड ३–० ले पछि पर्‍यो ।
७४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए । जित पछि शीर्ष स्थानको बार्सिलोनालो रियल मड्रिडसँगको अंक दूरी ६ मा पुर्‍याएको छ । बार्सिलोनाको १२ खेलबाट ३० तथा दोस्रो स्थानको रियल मड्रिडको १२ खेलबाट २४ अंक छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts