काठमाडौं,मंसिर ११ । सरकारले इन्धन वितरणलाई व्यवस्थित गर्न भन्दै एसएमएस सिष्टम सुरु गरेको छ । इन्धन वितरणको व्यवस्था मिलाउँदै भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि एसएमएस सिष्टम सुरु गरेको हो । प्राप्त एसएमएसको आधारमा इन्धन भर्ने पालो आउने भएकाले यसले इन्धन अभावको अवस्थामा वितरण प्रणालीलाई सहज बनाउन सघाउने आपूर्तिमन्त्री गणेशमान पुनले बताए । इन्धन वितरणमा अहिले भइरहेका अनियमतिता हटाउनसमेत सहयोग पुग्ने उनको भनाई छ ।
पहिलो चरणमा पूल्चोकको साझा पेट्रोल पम्पबाट परिक्षणका रुपमा सुरु गरेसँगै एसएसमएस मार्फत लाइन बस्ने पचास जनलाई पेट्रोल वितरण गरिएको छ । उनीहरुले प्रक्रिया केही झन्झटीले भएपनि सहज भएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । यो प्रक्रिया अनुसार सर्वसाधारणले इन्धनलिने पालो लिनका लागि आर इ क्यू स्पेशस, पी अर्थात पेट्रोल, इस्पेशन, बीबीएन अर्थात ब्लुबुक नम्बर स्पेश, आरसी अर्थात् फोन कोर्ड नम्बर स्पेश, इ जेड अर्थात आफ्नो निर्वाचन क्षेत्र स्पेश, सिए अर्थात मोटसाइकल भए एस, जिप वा कारले एम र ठुला सवारीले इल टाइप गरि आठ छ आठ सातमा सेन्ड गर्नुपर्ने छ ।
No comments:
Post a Comment