Friday, November 27, 2015

भारतसँग गरेको बाचा पूरा नगरेकाले नाकाबन्दी लगाएको खुलासा

काठमाडौं,मंसिर ११ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालले भारतसँग गरेको बाचा पूरा नगरेकाले नेपालमा नाकाबन्दी लगाएको खुलासा गरेका छन् । सिंहदरवारस्थित आफ्नै मन्त्रालयमा शुक्रबार परराष्ट्रविद्हरुसँगको छलफलका क्रममा मन्त्री थापाले भारतसँग गरेको बाचा पूरा नगरेकाले नेपालमा नाकाबन्दी लगाएको खुलासा गरेका हुन् । यद्यपी कसले र के विषयमा बाचा पूरा गरेको हो भन्नेबारेमा भने केही खुलाएनन् ।

भारतसँग भएको बाचा पूरा नगरेकाले अहिलेको अवस्था आएको परराष्ट्रविद्हरुलाई जानकारी गराउँदै मन्त्री थापाले भने, ‘नेपालले भारतसँग गरेको केही बाचा पूरा गरेन, हामीलाई संविधान बनाउँदा पनि इग्नोर गरियो भन्ने भारतको बुझाइ छ त्यसैले यो अवस्था आयो ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts