Friday, November 27, 2015

सुरक्षित मातृत्व र कुपोषणमुक्त वाल समाज निर्माणका लागि मातृशिशु कार्यक्रम सञ्चालन

  • साधना बस्नेत/काठमाडौ, मनमैजु

मातृशिशु स्वास्थ्य अर्थात आमा र शिशुको स्वास्थ्य स्वस्थ्य राख्ने ज्ञानले नै सुरक्षित मातृशशिु समाज निर्माण गर्न मद्दत गर्दछ । यौन तथा प्रजनन्को कारणबाट हुने मातृशिशु मृत्युदरमा घटाउनका लागि सामाजिक चेतनामुलक कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन हुनुपर्दछ । सोही कुरालाई अध्ययन गरेर सृजनशील प्रवद्र्धन केन्द्रको आयोजनामा काठमाडौं तारकेश्वर न.पा. मनमैजुका आदिवासी जनजाती तथा पिछडिएका महिला समुदायलाई लक्षित गरी ३ दिने निःशुल्क मातृशिशु स्वास्थ्य तालिम कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम मंसीर १०, ११ र १२ गते सञ्चालन हुनेछ । यस तालिम कार्यक्रमबाट लक्षित महिला समूहका ६५ महिलाहरु लाभान्वित हुने छन् । IMG_6012
भौतिक साधन स्रोतले सम्पन्न सहरी क्षेत्र काठमाडौं भए पनि चेतनामुलक कार्यक्रम र विशेष स्वास्थ्य तालिमको अभावले प्रस्तावित क्षेत्रका महिलाहरु विभिन्न प्रकारका यौन तथा मातृशिशु स्वास्थ्यको बारे अझै अनभिज्ञ रहेकोले सहरी क्षेत्रमा नै यौन तथा मातृशिशु स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकताको माग स्थानीय नागरिक सचेतना महिला समूह र बसाइ सराई सञ्जाल तारकेश्वर मनमैजुका महिला समूहका मागलाई मध्यनजर गरेर जिल्ला विकास समिति काठमाडौको सहकार्यमा सीपीसी नेपालले महिला लक्षित मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको जनाएको छ । महानगरपालिका सहरी क्षेत्रको सामन्ने रहेको तारकेश्वर न.पा. मनमैजुका सबै वडा क्षेत्रमा स्थानीय नेवार समुदायसँगै आदीवासी जनजाति महिलाहरुको बसोबास छ । सञ्चालित मातृशिशु स्वास्थ्य कार्यक्रम सहरी आवासीय सुबिधा सम्पन्न क्षेत्र सामन्ने भए पनि यहाँका महिलाहरुमा यौन तथा प्रजनन स्वास्थ्यको चेतनाको अभावका कारण आफ्ना समस्याहरु प्रिवार र समाजमा खुलेर राख्न सक्ने अवस्थामा छैनन् । जसले गर्दा अधिकांश महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य समस्याबाट ग्रसित बनिरहेका छन् । यसका लागि महिलाहरुलाई मातृशिशु स्वास्थ्य तथा प्रजनन यौन शिक्षाको बारेमा खुलस्त भएर बोल्न सिकाउनका लागि पहिले उनीहरुलाई यस बारेको सामान्य ज्ञान दिनु उपयुक्त हुन्छ, सोही कुरालाई मध्यनजर गरेर संस्थाले महिला लक्षित मातृशिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको संस्थाकी अध्यक्ष सावित्री बस्नेतले बताइन् । IMG_6018
चेतनास्तरको कमीले खुलेआम रुपमा समाजमा प्रस्तुत हुन नसक्दा उच्च एवं सम्पन्न स्तरका महिलाहरुले पनि सामान्य यौन, प्रजनन तथा मातृशिशु स्वास्थ्य सम्बन्धि समस्याहरुबाट पिडित भै रहदा आफ्नु उक्त पिडा परिवारमा सुनाउन सकेको अवस्था छैन । त्यसैले यौन, प्रजनन् तथा मातृशिशु स्वास्थ्यकोे हिसाबले सहरी स्तरबाटै महिलाहरु नै सचेत हुनु जरुरी छ भने अर्कोतर्फ स्थानीय महिला समुह तथा समुदायका महिलाहरुमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतनाका कार्यक्रमहरु संचालन गर्न सके मातृशिशु मृत्युदरमा घट्नुको साथै कुपोषण मुक्त बाल समाज निर्माण हुने कुरामा मनग्य टेवा पुग्ने देखिन्छ । सृजनशील प्रवद्र्धन केन्द्र नेपालले गरेको यस सामाजिक कार्यलाई अरु महिला संघ-संस्थाले पनि गर्न सके पक्कै सुरक्षित मातृशिशु समाज बन्न सघाउ पुग्नेछ ।

सुरक्षित मातृत्व र कुपोषणमुक्त वाल समाज निर्माणका लागि

सृजनशील प्रवद्र्धन केन्द्रको ३ दिने कार्यक्रमका झलकहरु :

IMG_5931IMG_5932IMG_5933IMG_5937IMG_5945IMG_5948IMG_5950IMG_5956IMG_5957IMG_5959IMG_5960IMG_5964IMG_5966IMG_5970IMG_5977IMG_5980IMG_5981IMG_5982IMG_5983IMG_5986IMG_5989IMG_5991IMG_5993IMG_5996IMG_6003IMG_6009IMG_6012IMG_6015IMG_6018IMG_6021

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts