Monday, November 23, 2015

चार महिनापछि बाबुराम यसरी बन्दैछन् पार्टी प्रमुख

विराटनगर,मंसिर ८ । एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई चार महिनापछि नयाँ पार्टीको प्रमुख हुने भएका छन् । भट्टराईलाई समर्थन गर्ने एमाओवादीका नेता कार्यकर्ताहरुको काठमाडौंमा सम्पन्न दुई दिने भेलाले दुई चरणमा चार महिने अभियान संचालन गरेपछि राष्ट्रिय सम्मेलन गरी नयाँ पार्टी गठन गर्ने निर्णय गरेको भेलामा सहभागी नेता कुमार पौडेलले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–

पौडेलले भने, ‘मुलुकभर संगठन निर्माण, भेला, अन्तक्र्रियामा केन्द्रित भएर अभियान संचालन गर्छौ ।’
भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति निर्माण अभियानले भारतीय नाकाबन्दी र मधेस आन्दोलनलाई छासमिस गरेर धारणा बनाउनु गलत रहेको निष्कर्ष निकालेको छ । अभियानले मुलुकको आन्तरिक समस्या समाधानमा सरकार उदासीन भएर आन्दोलनकारीसँग सार्थक वार्ता नगरेको आरोप लगाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts