Monday, November 23, 2015

आइजिपीको पत्रपछि प्रहरीमा हंगामा

काठमाडौं,मंसिर ८ । नेपाल प्रहरी हेडक्वार्टर नक्सालमा निलो नम्बरप्लेटका गाडीको भिड बढ्न थालेपछि केही दिनअघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यसबारे चासो लिए ।बुझ्दा विदेशी दूतावासका कर्मचारीहरु नियमित रुपमा एआईजी तथा डिआईजीहरु भेट्न आएको कुरा खुल्यो । सुरक्षा संगठनका व्यक्तिहरुलाई गृह मन्त्रालय तथा संगठन प्रमुखलाई जानकारी नै नदिई विदेशीहरुलाई त्यसरी भेट्न गरेको खुलेपछि उनले एउटा परिपत्र बनाउन लगाए – विदेशीहरुसँग भेट्दा तथा विदेशी संस्थाहरुसँग मिलेर काम गर्दा पहिला आइजिपीको अनुमति लिनू ।

८जना एआइजी तथा ५ जना क्षेत्रीय प्रहरी प्रमुखलाई उनले उक्त परिपत्र पठाए । गृह मन्त्रालयले तीन वर्षअघि नै प्रहरी अधिकारीले मन्त्रालय तथा माथिल्ला अधिकारीको स्वीकृति लिएर मात्र विदेशी भेट्नुपर्ने आचारसंहिता नै बनाएको छ । त्यसैको आधारमा आइजिपी अर्यालले परिपत्र गरेका थिए । उनको परिपत्रपछि अहिले हंगामा भएको छ । दृष्टि साप्ताहिकले खबर लेखेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts