Monday, November 23, 2015

कामबिहीन मजदुर इन्धन तस्करीतिर

विराटनगर,मंसिर ८ । विराटनगर सात मा डेरा गरी बस्ने गंगाराम राईको आम्दानी ठप्प भएको तीन महिना कट्यो । भोजपुर घर भएका राई मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित एक उद्योगमा काम गर्छन । उद्योगबाट प्राप्त तलबले आफूसहित चार जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । यही अवस्थाले उनलाई इन्धन तस्करीतर्फ आकषिर्त गरिदिएको छ । उनले सीमावर्ती भारतका विभिन्न बजार पुगेर पेट्रोल र डिजेल ल्याउने गरेका छन् ।

‘बाच्नका लागि केही उपाय त लगाउनै पर्‍यो, एक सातादेखि इन्धनको तस्करीमा संलग्न राई भन्छन्-‘पारिबाट ल्याएको इन्धनमा प्रतिलिटर ५०/६० रुपैयाँ नाफा खाएर बेच्दा के बिगि्रन्छ ?’ राईले व्यक्तिलाई सम्पर्क गरेर घरमै पनि इन्धन पुर्‍याउने गरेको कारोबारमा खबर छ ।
पेट्रोल प्रतिलिटर एकसय ५० देखि दूई सय रुपैयाँसम्ममा बिक्री गरेको उनले सुनाए ।
राई जस्तै औद्योगिक क्षेत्रकै जुट उद्योगमा काम गर्ने अर्का मजदुर जयकृष्ण मण्डल, विराटनगरको निजी विद्यालयको बस चलाउने अशोक यादव लगायत धेरै कामबिहीन भएका मजदुरले रोजगारीको नयाँ बाटोका रुपमा इन्धन तस्करी रोजेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts