Sunday, November 1, 2015

ओलीलाई मन्त्री छान्न एमालेलाई हम्मे-हम्मे

काठमाडौं,कातिक १६ । आकांक्षी धेरै भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट मन्त्री थप्न समस्या परेको छ । पार्टी अध्यक्षसमेत रहेका ओलीसमक्ष मन्त्रीका लागि दाबी गर्नेको सूची लामो छ । एमालेको भागमा १० मन्त्रालय परेका छन् ।
ती मन्त्रालयमा पार्टीभित्रको आन्तरिक गुटबन्दी व्यवस्थापन गरेर छनोट गर्नुपर्ने स्थिति छ । शीर्ष नेताहरुबीच कुरा मिले सम्भवतः उनले सोमबार मन्त्रिपरिषद् विस्तार गर्न सक्ने नेताहरुले बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले भने सोमबारै विस्तार हुने निश्चित भइनसकेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘पार्टीभित्र प्रधानमन्त्रीले परामर्श गरिरहनुभएको छ, त्यो टुंगियो भने विस्तार हुन सक्छ,’ उनले भने । एमालेभित्र निर्णय प्रक्रियामा प्रधानमन्त्री ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको महत्त्वपूर्ण भूमिका हुन्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts