काठमाडौं,कातिक १६ । ग्यास उद्योगीहरुले तीन दिनमा ५० हजार ग्यास सिलिन्डर वितरण गरे पनि सर्वसाधारण उपभोक्ताले ग्यास पाएनन् । नेपाल एलपिजी ग्यास उद्योग संघका अनुसार शुक्रबारदेखि आइतबारसम्म उक्त परिमाणको ग्यास बिक्री गरिएको छ । ‘हामीले शुक्रबार र शनिबार करिब ३५ हजार सिलिन्डर बिक्री गरेका थियौं । आइतबार करिब १५ हजार बेच्यौं,’ संघका अध्यक्ष शिव घिमिरेले भने । संघका अनुसार यसरी बिक्री भएको ग्यास साल्ट ट्रेडिङको एसटिसी ग्यासबाहेक हुन् । ‘एसटिसी सरकारकै भएकाले त्यसको गणना गरेका छैनौं’ उनले भने ।
विगत दुई महिनादेखि तराई क्षेत्रमा भएको आन्दोलनका कारण उपत्यकामा पर्याप्त मात्रामा इन्धन भित्रिन सकेको छैन । रक्सौल नाका ठप्प हुँदा पर्याप्त मात्रामा इन्धन भित्रिन नसकेको हो । ग्यासको चरम अभाव भएपछि सरकार र व्यवसायीबीच ७ दशमलव १ किलोको ग्यास भरेर ७ सय रुपैयाँमा बिक्री गर्ने सहमति भएको छ । निर्णयअनुसार उद्योगीले वितरण नगर्र्दा उपभोक्ताले सास्ती भोग्दै आएको विक्रेताहरु बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Post a Comment