Monday, November 23, 2015

दुर्लभ बन्यजन्तु हाब्रेको छाला सहित पक्राउ

काठमाडौं,मंसिर ८ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भएका ३० बर्षीय आसमान लामालाई प्रहरीले दुर्लभ बन्यजन्तु हाब्रेको छाला सहित पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले लामालाई आइतबार गोकर्णेश्वर नगरपालिका–१५ जोरपाटी अत्तरखेलबाट १ थान हाब्रेको छाला सहित पक्राउ गरेको हो । प्रहरीले लामालाई आवश्यक कानूनी कारवाहीको लागि सोमबार जिल्ला बन कार्यालय काठमाडौँमा बुझाएको छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts