एजेन्सी, मंसिर १ । प्लेअफको दोस्रो लेगमा बोसनिया हर्जगोभिनालाई हराउँदै रिपब्लिक अफ आयरल्याण्ड युरोकप २०१६ का लागि छनौट भएको छ । सोमबार राति भएको बोसनिया हर्जगोभिनालाई २–० ले हराएको आयरल्याण्ड समग्रमा ३–१ को जित सहित युरोकपका लागि छनौट भएको हो । गएको शुक्रबार भएको पहिलो लेगमा आयरल्याण्डले बोसनिया हर्जगोभिनालाई उसकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकेको थियो । सोमबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा आयरल्याण्डका लागि दुवै गोल जोन वाल्टर्सले गरे । उनले २४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाए भने ७० औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । खेल अवधिभर बलमा बोसनिय हर्जगोभिनाका खेलाडीको नियन्त्रण बढी रहेको भएपनि गोल गर्न नसक्दा नतिजा आयरल्याण्डको पक्षमा गयो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment