Monday, November 16, 2015

भारतको एकै जिल्लामा २० हजारसँग नेपाली नागरिकता

काठमाडौं, मंसिर १ । भारतीय अखबार नवभारत टाइम्सले भारतको उत्तरप्रदेश राज्यको महाराजगंज जिल्लामा मात्र लगभग २० हजारजनाले दोहोरो नागरिकता लिएका दावी गरेको छ । भारतीय सीमा क्षेत्रमा पर्ने नेपालीहरुसँग भारत र नेपाल दुवैतिरको नागरिकता रहेको सो पत्रिकाले दाबी गरेको हो ।

नेपाल र भारत दुवैको नागरिकता हुनेहरुले आगामी चुनावमा समेत भोट हाल्न पाउने भएकाले समस्या पर्ने भन्दै समाचारमा चिन्ता ब्यक्त गरिएको छ । पत्रिकामा भनिएको छ, ‘महाराजगंज जिल्लाको ८० किलोमिटर लोमो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ ।’ नीहरु प्राय नेपालको भैरहवा र बेहलियामा बस्ने गर्दछन्। त्यस्तै सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोण्डा लगायत ठाउँका मानिसले पनि दुई देशको नागरिकता लिएको समाचारमा उल्लेख गरिएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts