काठमाडौं,मंसिर १ । एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्ने अभियानमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिको लोगो, वेभसाइटको नाम र नारा (स्लोगन)का लागि सर्वसाधारणबाट सुझाव मागेका छन्। मंगलबार एक सार्वजनिक आह्वान गर्दै उनको सचिवालयले फेसवुक मार्फत यस्तो सुझाव माग गरेको हो ।
‘नयाँ राजनीतिक शक्ति निर्माणको चरणमा नयाँ शक्ति निर्माण अभियानका लागि विम्वात्मक चिन्ह (लोगो), वेवसाइटको नाम, अभियानको मुख्य नारा (स्लोगन) को तय गर्नुपर्ने भएको छ । उल्लेखित विषयमा सहभागितामूलक ढंगबाट निर्णय होस् भन्ने हेतुले बढीभन्दा बढी सुझावको अपेक्षा हामीले गरेका छौं’ आव्हानपत्रमा भनिएको छ ।
यस्तो छ सार्वजनिक आह्वान
हामी नयाँ राजनीतिक शक्ति निर्माण अभियानमा केन्द्रित छौं । यसै क्रममा नयाँ शक्ति निर्माणका विभिन्न पक्षहरुमाथिको बहस र छलफल जारी छ । नयाँ शक्तिको निर्माण प्रक्रिया पनि नयाँ नै हुनुपर्छ । हामीले जोड दिने गरेको विषय समावेशी र समानुपातिक सहभागितामूलक लोकतन्त्र नयाँ शक्ति निर्माणको पनि एउटा मुख्य आधार हो । यसै सन्दर्भमा नयाँ राजनीतिक शक्ति निर्माणको चरणमा नयाँ शक्ति निर्माण अभियानका लागि विम्वात्मक चिन्ह ९लोगो०, वेवसाइटको नाम, अभियानको मुख्य नारा ९स्लोगन० को तय गर्नुपर्ने भएको छ । उल्लेखित विषयमा सहभागितामूलक ढंगबाट निर्णय होस् भन्ने हेतुले बढीभन्दा बढी सुझावको अपेक्षा हामीले गरेका छौं । उल्लेखित विषयमा हामी तपाईंहरुको सल्लाह र सुझावका लागि सार्वजनिक आह्वान गर्दछौं । आफ्नो सुझाव नाम, ठेगाना, पेशा, सम्पर्क नम्बर सहित [email protected] मा इमेल गर्नुहोला ।
No comments:
Post a Comment