काठमाडौं,कातिक २९ । सरकारले आजदेखि दाउरा बेच्न सुरु गरेको छ । भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन अफ नेपाललाई जिम्मामा दाउरा बिक्री सुरु गरेको छ । आइतबार बिहानदेखि काठमाडौं उपत्यकाका गौशाला र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्रि थालेको सरकारले जनाएको छ ।
उपभोक्ताको माग अनुसार उपत्यकाका अरु ठाउँमा पनि दाउरा बिक्री गर्ने वन मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिक्री गर्न लागेको दाउरा एक किलोको १५ रुपैयाँ पर्छ । एक परिवारले बढीमा एक सय किलो दाउरा मात्र किन्न पाउनेछन् । बजारमा दाउरा किलोको २५ देखि ३० रुपैयाँ तिर्नु परेको उपभोक्ताले बताएका छन् । दाउरा बितरण बिहान ८ बजेदेखि सांझ ५ बजेसमम चल्ने कर्पोरेशनले जनाएको छ ।
No comments:
Post a Comment