अमेरिका । भारतले नेपालमाथि लगाएको निर्मम नाकाबन्दीविरुद्ध बेलायतमा सशक्त प्रदर्शन भएपछि अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा रहेकै बेला त्यहाँ रहेका नेपालीहरुले नाकाबन्दीविरुद्ध गरेका सशक्त प्रदर्शनबाट विश्वको ध्यान खिचेको थियो । विश्वको ध्यान खिचिएलगत्तै अब अमेरिकामा रहेका नेपालीहरुले पनि भारतीय नाकाबन्दीको विरोध गर्दै खुलाउन माग गर्नका लागि यस्तै प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
वासिङटन डिसीस्थित आगामी २२ नोभेम्बरमा अमेरिकामा रहेका विभिन्न संघसंस्थाले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । भारतले नाकाबन्दी गरेपछि नेपालमा चरम मानवीय संकट देखिंदै जाँदा गैरआवासीय संघले विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने र नाकाबन्दी अन्तर्राष्ट्रियकरण गर्ने जनाएको थियो ।
अमेरिकामा रहेका नेपालीहरुले नेपाली पहिचान झल्कने कला, संस्कृति, भेषभुषासहित प्रदर्शन गर्ने तयारी गरेको बुझिएको छ । बेलायतामा नेपालीहरुले गरेको सशक्त प्रदर्शनको अध्ययन गर्न भारतले आफ्नो विदेश मन्त्रालयलाई निर्देशन दिएको छ ।
No comments:
Post a Comment