Saturday, November 14, 2015

युक्रेनको युरोकपमा छनौट हुने संभावना बलियो

काठमाडौं,कातिक २९ । युरो कप फुटबल छनौट चरण अन्तर्गत शनिबार राति भएको प्लेअफको पहिलो लेगमा युक्रेन र स्विडेन विजयी भएका छन् । युक्रेनले स्लोभेनियालाई २-० ले हरायो । प्ले अफ पहिलो लेगकै अर्को खेलमा स्विडेनले डेनमार्कलाई २(१ ले हराएको छ । युक्रेनको लागि यार्मोलेन्को र सेलेज्नोभले एक एक गोल गरे । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र युक्रेन २–० ले विजयी भयो । जितपछि युक्रेनले युरोकपमा छनौट हुने संभावना बलियो पारेको छ ।

यसअघि शुक्रवार राती भएको खेलमा बोस्निया हर्जगोभिनाले आयरल्याण्डसँग १(१ गोलको बराबरी खेलेको थियो । यसैगरी हंगेरीले नर्वेलाई १(० ले हराएको थियो । युक्रेनले अब मंगलबार दोस्रो लेगमा स्लोभेनियालाई बराबरीमा रोकेपछि युरोकपका लागि छनौट हुनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts